68
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बिरामी परेका छन् । पार्टी कार्यक्रमका लागि भैरहवा पुगेका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
मंगलबार विमानबाट भैरहवा पुगेको ठाकुर आफ्नो टोलीसहित नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवा फर्किएका थिए । बुधबार बिहान ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएको हो । उनको भैरहवास्थित भीम अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गर्ने गरी भैरहवाबाट हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेता ठाकुरका आफन्तले बताएका छन् ।