बुटवल। रुपन्देही व्यापार संघमा आवद्ध मदिरा तथा पेय पदार्थ व्यवसायीहरुको भेला सोमबार सम्पन्न भएको छ । संघको सभाहलमा भएको भेलाले मदिरा तथा पेय पदार्थ उपसमिति गठन गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।
गठित मदिरा तथा पेय पदार्थ उपसमितिको संयोजकमा आशिष खनाल, सह–संयोजकमा दामोदर न्यौपाने, सचिवमा राजु खत्री, सह–सचिवमा देवबहादुर थापा, कोषाध्यक्षमा पदम भण्डारी रहनु भएको छ भने सदस्यहरुमा दशरत चौधरी, रामकृष्ण कंडेल, मिन चौधरी, गणेश रायमाझी, ओमप्रकाश खनाल र सल्लाहकार शम्भु भट्टराई, बाबुलाल खनाल, हिम के.सी. रहनु भएको छ ।
सो भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो । घिमिरेले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष डिल्लीराज भण्डारी, सह–सचिव ऋषिराम पाण्डलगायतले व्यवसायीहरुको प्रकृतिका आधारमा समस्याहरु देखिने हुदा त्यसलाई समाधान गर्न अन्तरक्रिया र छलफल निरन्तर गर्नु पर्ने धारणा राख्नु भयो । यस्तै मदिरा व्यावसायी संघका निवर्तमान अध्यक्ष शम्भु भट्टराईले व्यावसायीहरुका समस्या समाधानमा रुपन्देही व्यापार संघ र मदिरा व्यावसायी एक साथ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यसमिति सदस्य खगुलाल गिरीको अध्यक्षता एवं कार्यसमिति सदस्य मेघनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
व्यापार संघमा मदिरा तथा पेय पदार्थ व्यवसायीहरुको भेला सम्पन्न
69