129
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन् ।
पाकिस्तानबाट आफ्नो भ्रमण शुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन् ।