114
गुल्मी । गुल्मीमा बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी किरण गिरी बुधवार दिउँसो बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।