विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्छ : गगन थापा

by समतल अनलाइन
Shares

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए।

महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए। नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उनको भनाइ छ ।

उनले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वविद्यालयको विषयमा कसैको ध्यान जान नसेकेको धारणा राखे।

You may also like

This will close in 0 seconds