125
तिलोत्तमा।अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगरको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका सुचिकृत भएको छ। देशभरमै पहिलो पटक तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फ़ाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको हो।
मंगलबार नगरपालिका परिसरमा भएको एक भब्य समारोहका बीच आइएसवो सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन्। देशभरमा अन्य केहि पालिकाले समेत प्रक्रिया अगाडी बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरागरि सो प्रमाणपत्र प्राप्त गरेको हो।
previous post