प्रकाश सुपुतको ‘पीर’ को कथा सबै पार्टीमा छ : दीपकराज गिरी

by समतल अनलाइन
Shares

काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको ‘पीर’ गीतले उठाएको कथा सबै पार्टीमा विद्यमान रहेको बताएका छन् । उनले माओवादीको आलोचना गर्ने कुनै दलको मान्छेले आफ्नो पार्टीमा त्यो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ भनेर प्रश्न गरेका छन् ।

पीर गीत असाध्यै राम्रो बनेको र आफूलाई पनि छोएको भन्दै गिरीले तर केहि मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखेको उल्लेख गरेका छन् । ‘कुन चाहि पार्टीमा केहि मानिसको रजाईं र केही मानिसको हरिबिजोक छैन ?’ उनले प्रश्न गरेका छन्, ‘कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ?’

गिरीले उसैको (माओवादी) विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाई गर्ने? भनेर आलोचना गरेका छन् । तर माओवादी भ्रातृ संगठनले गीत बन्द गर्न दबाब दिनु गलत भएको उनको भनाइ छ ।

You may also like

This will close in 0 seconds