काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिँड्ने र जनताका लािग काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे ।
मन्त्री आलेले दलित, जनजाती समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ प्रतिबद्ध रहेको धाणा राखे । दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए ।
कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।
			        

												
														

