88
काठमाठौं । अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत युद्ध बानियाँसँगको तस्बिर शेयर गर्दै उनले आफू प्रेम सम्बन्ध रहेको जानकारी गराएकी हुन् ।
करिब एक वर्षदेखि पूजा युद्धसँग प्रेम सम्बन्धमा रहेको जानकारहरू बताउँछन् । उनीहरूले अब विवाह पनि गर्ने योजना बनाएको निकट स्रोतले जानकारी दिएको छ । हेटौंडाका युद्ध बानियाँ निर्माण व्यवसायी हुन् । फिटनेसमा रुचि राख्ने बानियाँ कहिलेकाहीं मोडलिङमा पनि देखिने गरेका छन् ।
