130
तिलोत्तमा।एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य बाबुराम भुसालको निधन भएकोमा उनको परिवारलाई शोक अनुदान प्रदान गरेको छ । सहकारीका शेयर सदस्य तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी निबासी भुसालको यही फागुन ११ गते निधन भएको थियो ।
स्वर्गीय भुसालको परिवारलाई शोक अनुदान रकम प्रदान गरेको हो ।राहतस्वरुप सहकारीले संस्थाको शेयर सदस्य कल्याणकारी कोषबाट एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय भुसालका बुबा पशुपति लम्साललाई चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए ।
previous post