102
काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

विभागका अनुशार आज राति देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।