‘अब एमसीसीमा माथापच्ची होइन, नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्‍याउने विमर्श थालौं’

Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अरु मुलुकलाई गाली गर्ने होइन, आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन् ।

हालै प्रतिनिधि सभाबाट पारित अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी ठीक कि बेठीक भन्ने बहस चलिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अब यसमा माथापच्ची गर्नुको साटो देशलाई तेस्रो विश्वबाट पहिलोमा पुर्‍याउने विमर्श थाल्नु उपयुक्त हुने सुझाव दिएका हुन् ।

‘अब एमसीसीबारे माथापच्ची गर्नु सट्टा कसरी आन्तरिक र बाह्य पुँज/प्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको वृद्धिदर हासिल गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्‍याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं ।’

You may also like

This will close in 0 seconds