156
काठमाडौं। बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई ७ दिन हिरासतमा लिएर अनुसन्धान अगाडी बढाइने भएको छ । जिल्ला अदालत तनहुँले पलविरुद्ध अनुसन्धान गर्न ७ दिनको समय थप गरेको हो ।
शाह १७ वर्षीय नाबालिग बलात्कारको जाहेरी दर्ता पछि फरार थिए । आज मात्र उनी आत्मसर्मपण गर्न तनहुँ प्रहरी कार्यालय पुगेका हुन् ।
अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको तनहुँ प्रहरीले जनाएको छ ।
previous post