116
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिएका छन् । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । कार्य व्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ । बैठकमा संसदमा जारी अवरोधलगायत विषयमा छलफल हुनेछ ।
previous post