118
काठमाडौं । अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आज (आइतबार) आठ वाम घटकले राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कणर्जित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले प्रदेर्शन गर्न लागेका हुन् ।
previous post