129
काठमाडौं । अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
previous post