125
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो माथापच्चीपछि संसद्मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।
संसद्बाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले ‘अब एमसीसी के हुन्छ ?’ भनेर प्रश्न गर्दा प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’ सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।