दाह्री ग्याङले छैठौं स्थापना दिवसमा विविध सामाजिक काम गरि मनायो

by समतल अनलाइन
Shares

बुटवल । सामाजिक सेवामा समर्पित दाह्री ग्याङले छैठौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएकाे छ ।

सामाजिक सञ्जालबाट संगठित साे ग्याङले शुक्रबार अाफ्नाे स्थापना दिवसकाे अवसरमा तिलोत्तमा २ मा स्थित श्री शंकरनगर दुर्गादत्त मावि मा नेपाली माध्याम तर्फ रहेका बिपन्न बर्गका बालबालिकाहरुलाई भबिष्य बोक्ने झोला हस्तान्तरण गरेकाे हाे । साे कार्यक्रमको स्लोगन भाग्य बोक्ने झोला रहेको थियो, जिल्ला संयोजक बिरेन्द्र जिसि को अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दधिराम गौतम , विशिष्ट अतिथि तिलोत्तमा वडा नम्बर १ का वडा अध्यक्ष तामनाथ पाण्डे , अतिथि हरुमा विद्यालय व्वस्थापन समिती शिक्षक अविभावक सङका अध्यक्ष पुष्कर नाथ पन्थ , दारी ग्याङ केन्द्रीय अध्यक्ष प्रदिप गैरे , विद्यालयका सह-प्राचार्य प्रकाश लाल श्रेष्ठ र सहिद अक्तर , दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक गणेश पन्थको उपस्थिति रहेको थियो , कार्यक्रम मा दारी ग्याङ को पृष्ठभुमि को बारेमा र ग्याङ ले बिगतका बर्षमा गरेका कामहरु बारे केन्द्रिय अध्यक्ष प्रदिप गैरेले प्रकाश पर्नु भएको थियो , त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथी तामनाथ पाण्डे ले दारी ग्याङ ले पहिलो कोभिडको लहरको बेला मा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ मा हरियो साग सब्जी सहयोग गरेको र अहिले विद्यार्थीहरुको लागि झोला सहयोग गरेर निकै नै राम्रो कार्यहरु गरेको बताउदै छैठौं वार्षिकोत्सबको शुभकामना पनि दिनु भएको छ ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर २ का अध्यक्षले ग्याङ भन्ने शब्द सुन्दा निकै अचम्म लागेको र यो ग्याङ ले समाज परिवर्तन को सुरुवात गरिसकेको भन्दै आउदा दिनहरुमा ग्याङ लाई चाहिने जस्तोसुकै सहयोगको लागि अग्रसर रहने बताउदै ग्याङ्ले १००औ बर्ष पार गरोस भन्ने शुभकामन पनि दिनु भएको थियो , कार्यक्रम मा बोल्दै लुम्बिनी प्रदेश संयोजक गणेश पन्थ ले आजको यो ५० ओटा झोला सुरुवात मात्र हो रुपन्देहिका सम्पुर्ण सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई संस्थाको लोगो अङ्कित झोला वितरण दारी ग्याङ ले गर्नेछ भन्दै सो कार्यक्रम सफल गराउन सहयोग गर्ने दारी ग्याङ कतार , निराजन अर्याल , प्रमोद भण्डारी र सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो ।
विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै अाएकाे साे दारी ग्याङले जाजारकाेटकी कल्पना राेकाहा बचाऊ अभियान , कैलालीका अपाङ्गता भएका विष्णु रसायलीकाे घर निर्माणमा सहयाेग , दमकडा मावि पाल्पाका दृष्टिविहिन विद्यार्थीका लागि सहयाेग , धुर्मुस सुन्तली फाउन्डेसनमा सहयाेग गरेकाे जनाएकाे छ । त्यस्तै ट्राफिक सचेतना कार्यक्रम , लकडाउनकाे समयमा ट्राफिक प्रहरीकाे लागि सहयाेग कार्यक्रम , सडक दुर्घटना न्यूनिकरणका लागि छाडा पशु चाैपायाहरूलाई रिफ्लेक्टिङ बेल्टलगायतका कार्यक्रम गरिएकाे जनाएकाे छ ।
दारी ग्याङले आफ्नो छैठौं वार्षिकोत्सब देशका ४७ जिल्लाका ५२ स्थान मा विभिन्न कार्यक्रम गरेर मनाएको छ।
शुक्रबारको सहयाेग हस्तान्तरण कार्यक्रम दारी ग्याङ रूपन्देही र दारी ग्याङ कतारकाे संयुक्त अायाेजना गरिएकाे साे ग्याङका रूपन्देही अध्यक्ष बिरेन्द्र जिसि ले जानकारी दिनुभयाे । भविष्य बोक्ने झोला हस्तान्तरण कार्यक्रमकाे सम्योजक रोशन तिम्ल्सीना र सञ्चालन योगेश पराजुलीले गर्नुभएकाे थियाे ।

You may also like

This will close in 0 seconds