काठमाडौं । कमल थापाले आज (शनिबार) औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दैछन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपाल घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता-कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो पुरानो घर राप्रपा नेपाल फर्किएको बताएका छन् । राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौं । यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु । विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’