88
काठमाडौं । सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट शुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट शुरु गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको जानकारी दिएका छन् । उनले भने, ‘चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन शुरु हुने भएको छ ।’ एसईईको परीक्षा वैशाख ९ देखि शुरु हुँदैछ । एसईई सकिएपछि नयाँ सत्र शुरु हुन्छ ।
