103
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै, बैठकले पूर्व सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को वैठकमा एमसीसी टेवल हुने सम्भावना रहेको छ ।
