गुण्डा नाइके बाघे पक्राउ

by समतल अनलाइन
Shares

बालुवा बिक्रीमा ठगी अभियोगमा गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई महानगरीय अपराध महाशाखा प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ ।

लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका लामा जेबिएस डिपोका सञ्चालक हुन् । स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महाशाखा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ ।

You may also like