121
काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा आयरल्याण्डविरुद्ध ५०औं विकेट लिएका हुन् ।
सन्दीपले १८ औं ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । योसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा भएको हो । टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने । सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन् ।
previous post