102
गोरखा । हिउँ खेल्न भनेर गएका बारपाकका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव फेला परेको हो ।
स्थानीयबासी र प्रहरीको टोलीले आइतबार बारपाकको भुनेखर्क भन्ने ठाउँमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरु गएको माघ २० गते हिउँ खेल्न भन्दै घरबाट निस्किएका थिए । बेपत्ता भएदेखि नै आफन्तले उनीहरुको खोजी सुरु गरेका थिए ।