160
काठमाडौं । सरकारले आज (आइतबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निणर्य भएको पनि मन्त्रालयले जनाएको छ ।
previous post