148
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि आज (सोमबार) देखि फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको गत २० माघको निणर्यअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवार बाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निणर्यअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।