1.4K
काठमाडौं । सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।
फस्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेण्ड रनरअप आदित्य विश्वकर्मा भए । आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेल फाइनलमा पुगेका थिए ।
previous post