110
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाइ हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झण्डै ११ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरी नेपालगञ्ज ल्याउँदै गरेको बताए । २०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पुर्याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धन बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।