380
बुटवल । लायन्स क्लव अफ भलवारी सिटीले निशुल्क स्वास्थ्य शिविरका संचालनका गर्न रकम संकलनका लागि सांगितिक कार्यक्रम गर्ने भएको छ ।
मधुमेह र आखा रोग सम्बन्धि शिविर संचालनका लागि क्लवले लायन्स नाईटको आयोजना गरेको हो ।
हिन्दुहरुको दोस्रो ठुलो चार्ड दिपावलीको अबसर पारेर कार्तिक ८ गते सो कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष शर्वण कुमार थापा खाम्चाले जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मंगलापुर स्थित बोधी विल्लामा हुने कार्यक्रममा नृत्य र गायनका बिभिन्न कलाकार र ब्याण्डहरुको प्रस्तुति रहने कार्यक्रम खाम्चाले जानकारी दिए ।