85
काठमाडौ ।प्रहरीले दाङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका २५ वर्षीय छ्याक्ले भनिने अनिल पुन छन् ।
पुनले माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडकमा आफू प्रहरीको सई हुँ भन्दै मार्सल पुन मगर र सन्तोष खड्कालाई लुटपाट गरेका दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सडकमा पैदल हिँडिरहेका मगर र खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा सवार पुनसहित अर्का एक व्यक्तिले एक्कासी कुटपिट गरेका थिए । आफू प्रहरीको सई रहेको भन्दै अपशब्द प्रयोग गरी आफूहरुमाथि कुटपिट भएको पीडितले बताएका छन् । त्यसक्रममा उनीहरूले मगर र खड्काको साथमा रहेको नगद चार हजार र मोबाइल समेत लुटेर लगेका अनुसन्धानको क्रममा खुलेको छ । घटनामा संलग्न अर्का एक युवक भने फरार रहेका प्रहरीले जनाएको छ ।