126
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको बुझिएको छ ।
समितिको बैठकमा आज २०७९ जेठ ४ गतेका लागि प्रस्तावित स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको थियो ।
previous post