119
काठमाडौं । प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन्। शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट ४७३४ मत भारसहित विजयी भएका हुन्। सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।
उनले गठबन्धनबाट उठेका जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका छन्। प्रदेशतर्फ सोनमले ४२ जना सांसदको २०१६ मतभार ल्याउन सफल भए। पराजित जसपाका हेमराज राईले ४९ सांसदको २३५२ मतभार ल्याउन सफल भए।
previous post