रूपन्देही सामाजिक सञ्जालका अध्यक्ष पोखरेल अष्ट्रेलियामा सम्मानित

by समतल अनलाइन
112Shares

तिलोत्तमा।नेपाली युथ फोरम अस्ट्रेलियाका संरक्षक र हाल रूपन्देही सामाजिक संञ्जाल (आरएसएनए) अस्ट्रेलियाका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेल एसटी. जर्ज कम्युनिटी भोलन्टियर्स अवार्डबाट अष्ट्रेलियामा सम्मानित भएका छन् ।

सेन्ट जर्ज एरियामा रहेर परोपकारी एवं समुदाय हितका लागि गरेको योगदानको उच्च मूल्याकन गर्दै एक कार्यक्रम बीच मंगलवार अस्ट्रेलियाका नवनियुक्त बहुसास्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसेपले पोखरेललाई सम्मान गरेका हुन् ।

त्यस अवसरमा पोखरेलले यस सम्मानले आफु प्रसन्न हुँदै समुदायको हितको लागि सामाजिक कार्यमा अझ अगाडि बढ्न् प्रेरणा प्राप्त भएको र थप जिम्मेबारी बहन् भएको धारणा ब्यक्त गरे ।

पोखरेल पछिल्लो बिगत ९ वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाई बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय हुँदै आईरहेका छन् । जसमा फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एशोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रिय साहित्यक समाजका आजीवन सदस्य रहेका छन् ।

रूपन्देहीबासी पोखरेल यहाँ रहँदा दुई दशक भन्दा बढी समय समुदाय, जिल्ला र केन्द्रका हरेक सामाजिक एवं परोपकारी गतिविधिमा सक्रिय थिए ।

Comments

You may also like

This will close in 0 seconds