बुटवल । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने उपकरणहरु प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराएको हो ।
उक्त सामान नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त सामान प्रदान गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव पंगेनीले कोरोना महामारीसंग जुध्नको लागि रेडक्रसले यस अगाडि पनि आवश्यक सामाग्रि प्रदान गरिएको कोभिड तेस्रो भेरियन्टको संक्रमण बढेसंगै अस्पतालमा आउने बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्ले भेन्टिलेटर मेसिन प्रदान गरिएको बताउनु भयो ।
त्यस्तै अस्पतालका मेसु डा. ढकालले रेडक्रसले विगत देखि नै अस्पतालमा निरन्तर रुपमा उपचारमा प्रयोग हुने उपकरणहरु सहयोग गर्दै आएको बताउँदै रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै प्राप्त भएका उपकरणहरुको सहि सदुपयोग गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रेडक्रसद्वारा लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटर सहित उपकरण प्रदान
			213
			
		
		
			
            
				            
			
			        
    
			        

												
														
