२०७९ सालको पात्रो तयार, असोज १९ मा दशैंको टीका

by समतल अनलाइन
Shares

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष वि.स. २०७९ सालको पात्रो तयार पारेको छ । माघ १५ गते बजारमा ल्याउन गरी नयाँ पात्रो तयार गरेको हो ।

पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत परेको छ ।

आगामी वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । वैशाख र जेठ महीनामा त एकदिन बिराएर विवाहको लगन जुरेको छ।
यस्तै जेठमा ११ दिन, असारमा ५ दिन, मंसीरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ । भने व्रतबन्धको लगन पनि कुनै महीना खाली छैन ।

समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल जानकारी दिए समितिले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेको छ ।

समितिका सदस्य सचिव ढुंगेलले त्यस्ता पात्रोमा ब्रतबन्ध र विवाहको लग्न एवं तिथि समेत गल्ती भेटिएको र उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइसकिएको भन्दै त्यस्ता पात्रोको भर नपर्न सबैमा आग्रह गरेको छ ।

 

You may also like

This will close in 0 seconds