सैनामैनाको जलासय पार्कलाई बुद्ध सर्किटसंग जोडिने

by समतल अनलाइन
Shares

सैनामैनामै बुद्धकालिन संग्रहालय बन्ने
टिका खरेल
सैनामैना। नगरपालिकाले दीर्घकालीन योजनाका रुपमा रहेको लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोडेर अगाडि बढाइने भएको छ । सैनामैनाका प्रमुखको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्यय्न गरिएको थियो ।
सैनामैनाको यो जलासययुक्त बहुउद्देश्यीय पार्कको निर्माणले सिंचाइ सुविधाका अतिरिक्त पर्यटकीय क्षेत्रका रुपमा विकास हुने भएकाले योजना अगाडि सारिएको नगर प्रमुख कार्कीले जानकारी गराउनुभयो ।

अध्यय्न पूरा भएका योजनालाई छिटो अगाडि बढाउन निर्देशन

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सैनामैनाको विकास लागि संघीय सरकारबाट विशेष सहकार्य हुने बताउनुभयो । उहाँले सैनामैनालाई लुम्बिनीसंग जोडेर विकास गर्नुपर्ने भन्दै उहाँले अहिले सम्भाव्यता अध्यय्न भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।


सोही क्षेत्रको अवलोकनका लागि बिहीबार स्थलमै नेकपा महासचिव पौडेलले सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो । ध्यान केन्द्रसहितको विशेष संग्रहालय बनाइँदै यस्तै सैनामैनामै विशेष संग्रहालय बन्ने भएको छ । सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै वडा नं. १ को बनकट्टामा उक्त संग्रहालय निर्माण गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।


संग्रहालय निर्माण हुने क्षेत्रको अवलोकन गर्दै पूर्वअर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले डीपीआर पूरा भइसकेकाले अब कुनै पनि बहानामा निर्माणका कामहरुमा विलम्ब नगर्न निर्देशन दिनुभयो ।

You may also like

This will close in 0 seconds