बुटवल । बैदेशिक शिक्षा सेवा र परामर्श सम्बन्धि कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ । खासगरि अष्ट्रेलिया अध्ययनका लागि जाने बिद्यार्थीका लागि आवश्यक सेवा र परामर्श प्रदान गर्दै आएको एक्स्पर्ट एजुकेसनले अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हो ।
अष्ट्रेलियाका ति युनिभर्सिटी र कलेजले विज्ञप्तीमार्फत सम्मानित भएको जानकारी दिएको एक्सपर्ट एजुकेसनका निर्देशक रोशन कंडेलले बताएका छन् । लगत्तै एक्स्पर्टले पनि एक विज्ञप्ती जारी गर्दै आफ्नो मिहिनेतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरुमार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताएको छ ।
एक्सपर्टले टोरेन्स युनिभर्सिटी ः प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटी ः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको निर्देशक रोशन कंडेलले जनाएका छन् । साथै यसप्रकारको सम्मानले आफुहरुलाई थप जिम्मेवार बनाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । ‘विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरी यस सफलताको हकदार बनाइदिनुहुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं’ —विज्ञप्तीमा उल्लेख छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लिले नेपालमा बिगत एक दशकदेखि सेवा उपलब्ध गराउदै आएको छ ।
नौ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै एक्सपर्ट एजुकेशन सम्मानित
89
previous post