118
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९,७०० पीसीआर र २,७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ ।