108
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५,९६२ पीसीआर र १,६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ४,९७१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।
previous post