128
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिदमा अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले कुनैपनि प्रकारको कमिसनको खेल नगर्ने बताए । उनले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए ।