143
कास्की । गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको चुनाव समयमै सम्पन्न हुने बताएका छन् । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको चुनाव हुने बताए ।
previous post