98
काठमाडौं। सरकारले तमु ल्होसारको अवसरमा बिहिबार सार्वजनिक बिदा घोषणा गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा घोषणा गरेको एक मन्त्रीले जानकारी दिए ।
तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरी गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । गुरुङ्ग समुदायले तमु ल्होसार मनाउँदै आएका छन् । यस अवसरमा राजधानीलगायत देशका विभिन्न भागमा गुरुङ्ग समुदायले विविध कार्यक्रम आयोजना गर्छन् ।
