141
काठमाडौं । बेलायत र फ्रान्समा एकैदिन कोभिड(१९ का अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् । बिहीबार बेलायतमा कोरोनाका एक लाख १९ हजार नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै फ्रान्समा पनि ९१ हजरभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच जर्मनीको रोबर्ट कोच इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजले मुलुकमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ । कोभिड(१९ संक्रमण अहिले विभिन्न ६ खाडी मुलुकमा पनि ठूलो मात्रामा फैलिएको छ । विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिइरहेको अवस्थामा एस्ट्राजेनेका कम्पनीले आफ्नो बुस्टर डोज नयाँ भेरियन्टविरुद्ध प्रभावकारी रहेको बताएको छ ।
previous post