129
काठमाडौं । हाँस्य कलाकार जितु नेपालले केहि समय अघि आफ्नो लोकप्रिय ‘कमेडी शो’ बन्द गरे । पत्रकार सम्मेलन नै गरेर ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका नेपालले नयाँ ‘शो’ ल्याउने तयारी गरेका छन् । ‘शो’ को तयारी अन्तिम चणमा पुगेको नेपालले जानकारी दिएका छन् ।
नयाँ ‘शो’ को तयारीमा लागेका जितु प्रचारका लागि विभिन्न टेलिभिजनसँग कुराकानी गरिरहेका छन् । दीपाश्री निरौंला र करिष्मा मानन्धरसँग ‘मुन्द्रको कमेडी क्लब’ मा सहकार्य गरेका जितुले यसपटक भने दिनेश डिसीसँग सहकार्य गर्ने जनाइएको छ । डिसीसँग सहकार्यका लागि छलफल भइरहेको जितुले जानकारी दिए । उनले भने, ‘अब छिट्टै नयाँ कमेडी रियालिटी शो आउँदै छ ।’
previous post