बुटवल। कालिका मानवज्ञान माविको ६१ औं वार्षिकोत्सवको अवसरमा यसै वर्षदेखि शुरु गरिएको जिल्ला स्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रा छात्र ज्याभलीङ थ्रोको फाइनल भएको छ । छात्रातर्फ सेन्ट जिसेफ इंगलिस स्कूलका शौरभ थारु, कालिका मानवज्ञान माविका विशाल पराजुली र न्यु इन्भार्न्मेंट स्कूलका वसन्त गुरुङले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने छात्रातर्फ एभरेस्ट इंगलिस बोर्डिंग स्कूलकी छात्रा निशा चौधरी, कालिका मानवज्ञान माविकी तृष्णा मगर र तिलोत्तमा मावि फर्साटिकरकी रिया राना मगर क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन्.
आजै भलिवल खेल अन्तर्गतका छात्र समुहका पहिलो चरणका प्रतिष्पर्धा समेत भएका छन्. उक्त प्रतिष्पर्धा सिद्धार्थ बोर्डिंग स्कूल, सेन्ट जोसेफ इंगलिस बोर्डिंग स्कूल, दिप बोर्डिंग स्कूल, कान्ति माबी, सिता माबि, उजिरसिंह माबी र कालिका मानवज्ञान माबी दोश्रो चरणमा प्रवेश गरेका छन्.
आजै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि देबेन्द्र पौडेलले विद्यालय भ्रमण गरि विद्यालयले गरेका असल अभ्यासहरुको जानकारी लिनुका साथै कबडी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
शुक्रबार भएको छात्रातर्फको कबडी प्रतियोगितामा न्यू इन्भार्न्मेंट बोर्डिंग स्कूल, शान्ति नमुना माबी, मोतिपुर माबी, कालिका मानवज्ञान माबी, होराइजन गौतमबुद्द बोर्डिंग स्कूल, नवज्योति बोर्डिंग स्कूल र जनजागृति माबी विजयी भएर दोश्रो चरणमा प्रवेश गरेका छन ।
कालिका रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
			187
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
