टिभिएसको रेडर बुटवलमा लन्च

by समतल अनलाइन
127Shares

बुटवल।टिभिएस कम्पनीको नया दुईपाग्रे सवारी टिभिएस राइडर बुधबार बुटवलमा लन्च गरिएको छ।

सप्तरंगी समुहका कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, अस्मिता अधिकारी, उषा उप्रेती, हास्यकलाकार राजाराजेन्द्रले बुटवल मिलनचोकस्थित बालाजी अटो मोबाईल्स शोरुममा बाईक लन्च गरेका हुन।युवाहरुमाझ लोकप्रिय स्पोटी लुक भएको राइडर बाईक १२५ सिसिको हो। बजार मुल्य २ लाख ४७ हजार ९ सय रुपैया रहेको छ।

काकडभिट्टा, नारायणगढ हुँदै बुटवलमा बुधबार लन्च गरिएको शोरुमका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले बताए।यसैबिच कलाकारहरुले टिभिएस बाईक खरिद गर्ने उपभोक्ताहरु युवराज श्रेष्ठ, राजु केसी, कृष्ण पाठक, बिमल भट्टराई, रंजित कुमार गरई, कृतज्ञ थापामगरलाई चापि हस्तान्तरण गरिएको छ।

Comments

You may also like

This will close in 0 seconds