आज यो वर्षकै सबैभन्दा चिसो दिन, भोलिदेखि झन जाडो बढ्ने

by समतल अनलाइन
Shares

काठमाडौं । देशभर दिनहुँ जाडो बढिरहेको छ । आज (बिहीबार) यो वर्षकै सबै भन्दा चिसो दिन भएको मौसमविदले जानकारी दिएका छन् । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।’ उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सफा रहने छ ।

यसैबीच, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैबीच भोलिबाट थप चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह गरेको छ ।

‘पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण २०७८ पुस २ गते (शुक्रबार) बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको’, विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ ।’

You may also like

This will close in 0 seconds