गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

by समतल अनलाइन
Shares

गुल्मी।गुल्मीमा खोला तर्ने क्रममा डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् ।मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् ।

खोला तर्ने क्रममा डुबेका सात वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

You may also like

This will close in 0 seconds