रैनादेवी प्राबिलाई शैक्षिक सामाग्री र न्यानो कपडा बितरण

by समतल अनलाइन

बुटवल ।रोटरी क्लब अफ बुटवल डाउनटाउनले रिब्दिकोट, पाल्पा स्थित श्री रैनादेबी प्राबिमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । क्लबको वार्षिक कार्ययोजना अनुसार शिक्षा क्षेत्रमा यो वर्ष रैनादेवी प्राविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ७० हजार बराबरको सामग्री वितरण गरिएको हो । कक्षा ३ सम्म अध्ययन गर्ने ४० विद्यार्थीहरुलाई स्कुल ब्याग, जाडोमा लगाउने ट्रयाक सुट, कापीकिताब, डष्टबिन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । रोटरी बर्ष २०१८—१९ मा विद्यालयलाई सहयोग गरिएको भन्दै उनले यसलाई यो वर्षसमेत निरन्तरता दिईएको उनले बताए ।
एक समारोहका बिच विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर राना, विद्यालयका प्रधानाध्यापक कबिराज खनाललाई क्लबका अध्यक्ष जबिन कक्षपती, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, बोर्ड सदस्य बिमल प्रसाद श्रेष्ठ, सदस्य धर्म ज्ञवाली हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संचालक भरत रानाले सामाजिक कार्यमा आफुहरुले निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रम संयोजक नलराज नेपालले आफनो अगुवाईमा क्लबलाई मोहन भुसाल, नारायण केसीसहित गरि ७० हजार रुपैया बराबरको सामाग्री जुटेको बताए ।

Shares

You may also like

skip


This will close in 5 seconds