लुमिनसद्वारा डिजीमिट तथा १२ परिवारलाई आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल । लायन्स क्लव अफ बुटवल लुमिनसले डिजि मिट तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । लुमिनसले लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका वर्तमान डिष्ट्रिक गर्भनर, पुर्व गर्भनर भेट (डिजी मिट) लगायत लायन्सहरुसँगको भेटघाट कार्यक्रम गर्नुका साथै देवदहका विपन्न परिवारलाई आर्थिक सहयोग कार्यक्रम गरेको हो । लुमिनसले आयोजना गरेको डिजिमिट तथा चार्टर्ड नाईट कार्यक्रमको अवसर पारेर देवदह नगरपालिका बुद्धनगर नागथानका १२ परिवारलाई आर्थिक सहयोग गरेको लुमिनसका अध्यक्ष सविता भण्डारीले जानकारी दिनुभयो । थोरै भएपनि राहत मिलोस भनेर आर्थिक सहयोग गरिएको भण्डारीले बताउनुभयो । डिजीमिट कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनलका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्ट, सेकेण्ड भाईस गर्भनर नवराज न्यौपाने, पाष्ट मल्टिपल काउन्सील चियर प्रशन सुनिल वझा, पुर्व डिष्ट्रिक गर्भनर अरुण प्रताप राणा, महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक चिफ एडुभाईजर गमंग देवकोटा, कोचिफ एड्भाईजर पुरुषोत्तम प्रधानाङ्ग, डिपुटी चिफ सुनिल कसौधन, जोन चियर प्रशन नेहा अग्रवाल, लायन्स क्लव अफ बुटवल मणि उजेशका निवर्तमान अध्यक्ष सोनाली गुरुङ्ग, अध्यक्ष प्रविना घिमिरे, उपाध्यक्ष डाक्टर शान्ता शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । यसैबीच लुमिनशले रुपन्देही देवदहमा रहेको सगरमाथा आवासिय माविमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको जनाएको छ । क्लवले सगरमाथामा निःशुल्क मधुमेहको परिक्षण तथा विभिन्न स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम गरेको क्लवका अध्यक्ष सविता भण्डारीले जानकारी दिनुभयो ।

Share and Enjoy !

Shares

You may also like

skip


This will close in 5 seconds